"टुटेका सपना"
सजाएका सपना जति सिसा सरी फुटेका छन्,
भित्रभित्रै मनका सबै आशाहरू टुटेका छन् !!
लाखौं पटक मुस्कुराइरहन प्रयास त गरि रह्यें,
तर भाग्यका रेखा भने जता कतै छुटेका छन् !!
✍️😌 भिम मोर
चाहना र सपनाहरू साकार पार्न खोज्दा आँखैअगाडि टुटेर जाँदाको गहिरो पीडा !!
बाहिर दुनियाँका अगाडि मुस्कानको आवरण ओढेर हिँडे पनि मनभित्र हुर्किएका आशाहरू निराशामा परिणत हुँदा र भाग्यले साथ नदिँदाको एउटा भावुक र विवश यथार्थ ....!!

Comments
Post a Comment