"जीवन वेदना"
रित्तो छ गोजी तर सपनाको भारी बोक्नुपर्छ,
चुलो नबल्दा मुसुक्क हाँसेरै टारी हिँड्नुपर्छ !!
चाडबाड आउँदा झनै भक्कानिएर मुटु खान्छ,
भोक लुकाउन आफ्नै आँसु झारी निल्नुपर्छ !!
– भिम मोर ✍️
अभाव र विवशताका बिच बाँच्न बाध्य जिन्दगीको कठोर यथार्थ,
गोजीमा एक सुको नभए पनि ठूला सपनाहरूको भारी बोकेर हिँड्न पर्ने बाध्यता र घरको चुलो निभेको बेला बाहिरी दुनियाँसामु ओठमा कृत्रिम मुस्कान सजाइरहनु पर्ने अवस्था....,
खुसीका चाडपर्वहरू आउँदा झनै गहिरिने आन्तरिक पीडा अनि आफ्ना अमूल्य आँसुहरूलाई नै घुट्को पारेर भोक र बेदना लुकाउन पर्ने दर्दनाक विवशता !!

Comments
Post a Comment