"वर्षा, निराशा र ओसिलो जीवन"


 वर्षा  हुरीसंगै घरको छानो चुहिएको छ,  

रहर, आशा भरोसा सबै कुहिएको छ !! 

ओसिलो बाटो भरि  कतै  ओभानो छैन, 

आँसु र मलिनतामै जीवन थुनिएको छ !! 

– भिम मोर

​प्रतिकूल परिस्थिति र गरिबीका बिच गुम्सिएको गहिरो जीवन-पीडा, प्राकृतिक विपत्तिसँगै घरको छानो मात्र नभई मनभित्रका रहर, 

भरोसा र आशाहरू समेत ओसिएर नष्ट भएका छन्....., जताततै निराशाको हिलो र अन्धकार छाउँदा ओभानो ओत कतै भेटिँदैन, अनि मानिस आफ्ना आँसु र मलिनताभित्रै थुनिएर जीवन बिताउन विवश हुन्छ !!


Comments

Popular posts from this blog