"रिक्त आभास"


अनयासै मनमा राग र ध्वनि बिना उत्पनित 

तरङ्गहरूले सन्नाटा छाएर आउँछ,

समुन्द्रिय छालहरू बिना रित्त हुने 

किनारहरू, सुर र ताल बिनाको धुनहरू,

फूल बिनाको बगैँचाहरू, जून बिनाको 

जुनेली रातहरू पानी बिनाको बगरहरू,

वृक्ष बिनाको शीतल छहारीहरू झैँ ......!!

-भिम मोर ✍️😌


जीवनमा कहिलेकाहीँ कुनै स्पष्ट कारणबिना नै मनभित्र एउटा अनौठो सन्नाटा र शून्यता छाएर आउँछ !

फूलबिनाको बगैँचा, पानीबिनाको बगर र जुनबिनाको रात जति अधुरो हुन्छ, मानिसको मन पनि आन्तरिक भाव र तरङ्गहरू हराउँदा उस्तै रित्तो र एकांकी महसुस हुन्छ....!!



Comments

Popular posts from this blog