"प्रकृतिको मौनता र तिम्रो साथ"
बादलको पर्दा हटाई हेर्दा जुन कति शान्त देखिन्छ,
तिम्रो मन्द मुस्कानले झन यो मन यसै थामिन्छ !!
प्रकृतिको मौनता बिच खोजिरहन्छु म त आफ्नै धुन ,
रातको रित्तो शून्यतामा केवल तिमीलाई नै रोजिन्छ !!
✍️ भिम मोर
जसरी बादल हटेपछि निस्किएको जुनले रातलाई शान्त र शीतल बनाउँछ, त्यसरी नै प्रियजनको एउटा मन्द मुस्कानले अशान्त मनलाई अडान दिन्छ !!
एकान्त रातको शून्यतामा मानिस आफ्नै विचार र भावनाको धुनमा हराइरहँदा पनि मनले केवल आफूले मन पराएको मान्छेको साथ र मायालाई नै खोजिरहने गर्दछ !!

Comments
Post a Comment