मुस्कान

ओइलिएर झर्ने  छैन तिम्रो  मनमा फुले पछि,

दुखी आँसु झर्ने छैन तिम्रो आगनमा भुले पछि !!

सुवास छर्ने फूल पनि मौसम रूपी आवरण नहुन्,

मेरो खुसी, प्रेम शीत तिम्रै मुस्कानमा खुले पछि !!

-भिम मोर ✍️

प्रकृतिका फूलहरू त मौसम अनुसार फुल्छन्, ओइलाएर जान्छन्..., ती केवल क्षणिक आवरण हुन्..., तर मनभित्र फुलेको साँचो प्रेम कहिल्यै ओइलाउँदैन...!!

​ओठमा भित्री मनदेखि मुस्कान छाउँछ, तब लाग्छ— सम्पूर्ण खुसी, प्रेम शीतका थोपाहरू मुस्कानभित्रै झल्किरहेका छन्...।

​कसैको निमित्त, मनको कुनाबाटै हरेक दुःख-सुख, हाँसो-खुसीमा निहित बनी समाहित भएर ओठको मुस्कानले 'तिमी नै मेरो जीवनको अमूल्य र स्थायी सुन्दरता हौ' भनिरहनु नै प्रेमको साँचो अनुभूती  हो...!!


Comments

Popular posts from this blog