यादको सुवास
स्वार्थ बिनाको नाता जहिले नै खास हुन्छ,
मौनता भित्र पनि कतै अनमोल बास हुन्छ !!
नजिक हुनु मात्रै कहाँ प्रेम प्राप्ति हो र ? ?
साथमा नहुँदा पनि यादहरुको सुवास हुन्छ !!
-भिम मोर ✍️
संसारका सम्बन्धहरू निरपेक्ष र निश्छल भावमा गाँसिएका हुन्छन, तब तिनमा असीम आत्मीयताको सञ्चार जगमगाउँछ....,
जहाँ स्वार्थको लेशसम्म हुँदैन, त्यहाँ मौनताले पनि एउटा शाश्वत र अनमोल छहारी प्राप्त गर्दछ .....!!
वास्तविक अनुरागी प्रेम केवल सामीप्य वा भौतिक उपस्थितिमा मात्र सीमित रहँदैन; प्रेम त दूरी र समयभन्दा माथि उठेको एउटा अलौकिक चेतना हो...,
जब दुई हृदयबीच आत्मिक तादात्म्य कायम हुन्छ, तब भौतिक वियोगमा पनि प्रियजनका स्मृतिहरू मनको सघन एकान्तमा अजस्र सुगन्ध बनेर महकिरहन्छन्....!!
तिनै अविछिन्न स्मृतिहरूको स्नेह र सुवास आफैँमा समाहित हुनु नै प्रेम उत्कृष्टताको परिभाषा हो...!!

Comments
Post a Comment