"सिन्दूरको पवित्रता र अमर साथ"
कहिले नमेटिने गरी मनको पानामा नाम लेखूँ जस्तो,
यो रातो रङ्गको पवित्रता तिम्रो सिन्दूरमा देखूँ जस्तो !!
तिमी हाँस्दा मात्रै पूर्ण हुन्छ यो फूलको सुन्दरता पनि,
जुनी-जुनी सँगै रहने वाचा-कसम आजै खाऊँ जस्तो !!
– भिम मोर ✍️
प्रेम दुई आत्माबीचको त्यस्तो समर्पण हो जहाँ शब्दहरूभन्दा भावनाहरू बोल्छन्, मनको गहिराइमा सञ्चित प्रिय नामलाई कहिल्यै मेटिन नदिने अभिलाषा र रातो सिन्दूरमा झल्किने पवित्रताले जीवनको वास्तविक अर्थ प्रस्ट्याउँछ !!
जब प्रियसीको ओठमा एक झलक मुस्कान छरिन्छ, तब प्रकृतिका सारा फूलहरू पनि फिक्का लाग्न थाल्छन् र तिनको सौन्दर्यले पूर्णता पाउँछ.... !!
युगौँयुगसम्म यही साथलाई जोगाइराख्ने र जुनी-जुनीलाई एकै फेरमा बाँध्ने वाचा गर्ने यो पल नै जीवनको सबैभन्दा सुन्दर र साश्वत सत्य कायम राख्दै दाम्पत्य जीवनको गरिमालाई अतुलनीय उचाइमा पुर्याउँछ... !!

Comments
Post a Comment