" हाइकु संग्रह"
१
पूर्णिमा दिन
आँगनमा प्रीयसी
मधुर धुन !!
२
सुसेली मन
बताससंग खेल्छ
हाँसो र खुशी !!
-भिम मोर ✍️
प्रकृति र प्रेमका यी कोमल आयामहरूले जीवनको साँचो सौन्दर्यलाई छर्लङ्ग पारेका छन् !
एकातर्फ आकाशको शान्त जून र प्रियसीको स्मृतिमा बज्ने सुमधुर धुनले मनलाई प्रेममय र काव्यात्मक बनाउँछ भने....,
अर्कातर्फ बताससँग सुसेल्दै खेल्ने मनले सुख, हाँसो र जीवनको परिपूर्ण खुसीलाई आत्मसात गर्छ ..!!

Comments
Post a Comment