दशैँ

शरदको नीलो गगनमुनि, मुस्कुराउँछ प्रकृति माझ,

पुर्खा पौरख पावन धरोहर झल्किन्छ संस्कृति माझ !!

गाउँभरी सुकोमल बाल्यकाल हर्ष भाव दशैंमा आज,

मनभरि सुवास र स्मरण युगौँ युगौँको स्मृति माझ !!

-भिम मोर ✍️ 

शरदको नीलो आकाशमुनि प्रकृतिको काख मुस्कुराउँछ !! लाग्छ— धर्तीले युगौँदेखि चलेको सनातन चक्रलाई सम्झिरहेको छ, प्रकृति सधैँ सत्यको पक्षमा उत्सव मनाउँछ !!

​पुर्खाको पौरख पावन धरोहर आजभोलिको रमिता होइन; युगौँदेखि सत्यले असत्यमाथि विजय प्राप्त गरेको शाश्वत सत्य र हाम्रा पुर्खाले रगत-पसिना साटेर बचाएको चिनारी र सान, संस्कृतिमा टलक्क टल्किरहेको छ !!

​दुख, पीडा र आँसुका बीच... जीवनमा जति नै कष्ट, अभाव, आँसुका बाढी किन नबगुन्, विशेष दिन (दशैं) को आगमनले मनमा क्षणिक नै सही, अद्भूत बेग्लै उमङ्ग बोकेर ल्याउँछ !!

​बाल्यकालको सुकोमल हर्ष... दशैं आउँदा गाउँमा सुनिन्थ्यो— पिङको मच्चाइ, नयाँ कपडाको खुसी, बाल्यकालको निर्दोष हाँसो— आज फेरि मुटुको ढोका ढकढकाउन आइपुगेको छ !!

​युगौँ-युगको स्मृति... भौतिक रूपमा हामी जहाँसुकै जति नै टाढा भए पनि, मनको भित्री तहमा पर्वको सुवास, पुराना यादहरू कहिल्यै नओइलाउने बासना बनेर सधैँ बाँचिरहनेछन् !!


Comments

Popular posts from this blog