"मुटुको धुन"

 

फूलको सुगन्ध झैँं तिमीमै हराइरहन पाऊँ, 

 मिठो धुन बनी मन-मुटुमा सजिरहन पाऊँ !!

कहिल्यै टाढा जाऊ नभन्रु मभन्दा पर-पर,

तिम्रै वरिपरि रही तिमीलाई हेरिरहन पाऊँ !!

-भिम मोर ✍️

रातको एकान्त र नीरवतामा प्रियजनको स्मृतिको आगमन फूलको सुगन्ध (सुरभि) झैँ प्रियको जीवनमा......

 सधैँ अविभाज्य भई छाइरही..., मन-मुटुको स्पन्दनमा सङ्गीतको मीठो धुन बनेर सदा बास बसिरहनु... !!

कहिल्यै पर नभई प्रिय पात्रको सामीप्यमै रहेर गहिरो अनुराग र स्नेहलाई अनवरत अनुभव गरिरहने तीव्र चाहना...!!


Comments

Popular posts from this blog