"सपनाबाट बिपनासम्मको यात्रा"
नजिक आऊन् तिमी मनका कुरा सुनाउनु छ,
तिम्रै साथमा हात समाई संसार भूलाउनु छ !!
अल्झिएका छन् सपना सबै, तिम्रा ती आँखामा,
सपनालार्ड सँगै मिली, बिपनामा सजाउनु छ !!
-भिम मोर ✍️
सच्चा मायामा शब्दहरू भन्दा मनको सामिप्यता महत्त्वपूर्ण हुन्छ, जहाँ आफ्ना भावना र चाहनाहरू सहजै साट्न सकियोस्!!
प्रियजनको आँखामा कोरिएका अनगिन्ती सपनाहरूलाई केवल कल्पनामै सीमित नराखी......,
हातमा हात मिलाएर जीवनको यथार्थमा सजाउने एउटा पवित्र संकल्प नै यो रचनाको सार हो....!!

Comments
Post a Comment