"हारपछिको उठान"

आँखामा आँसु लुकाएर हाँस्नुको मजा अर्कै छ,

जिन्दगीका हरेक चोट पचाउनुको मजा अर्कै छ !!

संसारले त केवल जितेको इतिहास मात्रै हेर्छ,

भित्रभित्रै हारेर पनि फेरि उठ्नुको मजा अर्कै छ !!

​– भिम मोर ✍️

​संसारले प्रायः मानिसको सफलता र जीतलाई मात्रै देख्छ,

 तर वास्तविक जित त भित्री सङ्घर्ष र आत्मबलमा लुकेको हुन्छ..., जिन्दगीका अनेक चोट र आँसुलाई लुकाएर,

 हारेको परिस्थितिबाट पनि पुनः उठेर हिम्मतका साथ अघि बढ्नु नै जीवनको सबैभन्दा ठूलो विजय र आत्मसन्तुष्टि हो !!


Comments

Popular posts from this blog