"आशाका ताराहरु"


जून निदाए पनि सुनौला ताराहरू बिउँझिएकै छन्,

अँध्यारो रातमा पनि आशाको दियो बालिएकै छन् !!

खोज्दैछ  मनले अस्तित्व  उडेका ती  बादल भित्र,

मेटिएका यादहरू फेरि तस्बिर बनी उत्रिएकै छन् !!

-भिम मोर ✍️

जीवनको गहन अँध्यारोमा पनि आशाका उज्याला किरणहरू कतै न कतै बलिरहेकै हुन्छन् ! 

समयसँगै हराएका र उडेर गएका बादल झैँ लाग्ने पुराना स्मृतिहरू फेरि तस्बिर बनेर आँखाअगाडि उत्रिँदा.....,

शून्यतातर्फ मोडिएको मनले पुनः आफ्नो वास्तविक अस्तित्व र जीवनको मधुर धुन पहिल्याउन खोज्दाको एउटा भावुक साहित्यिक प्रतिविम्ब !!


Comments

Popular posts from this blog