"अस्तित्वको खोज र गुलमोहरका रातो फूलहरू"

जब अस्तित्वको महत्त्व खोजीरहेको थिएँ, 

भित्ताका खाली पर्खालहरूसँग गुनासो पोख्दै..

आफ्नो भित्री आवाज "शान्तिलाई" लुकाउन 

बाहिरी खोजी गर्दै थिएँ .....!!

​म मानव हुँ, मेरो पनि जीवन छ,

 म जीवित छु या पार्थिव शरीर?

 म पनि शान्ति चाहन्थें—अशान्ति, 

अनीति र हिंसाको कोलाहलबाट टाढा भएर !!

तर अन्तिममा म पनि त्यही भुमरीमा भूमिहीन, 

एक अशोक वृक्ष—गुलमोहरका रातो फूलहरू 

जीवनका शाखामा सङ्केत गर्दै जन्मदेखि 

मृत्युसम्म परखिरहेका....!!

-भिम मोर 

संसारको कोलाहल र अशान्तिबाट टाढा रहेर आफ्नो अस्तित्व र भित्री शान्ति खोज्ने एउटा गहिरो यात्रा हो यो !!

 जीवनका अनेकौँ उथलपुथल र भुमरीहरूबिच पनि मानिस गुलमोहरका राता फूलहरूझैँ जन्मदेखि मृत्युसम्मका पलहरूलाई धैर्यताका साथ पर्खिरहन्छ !!


Comments

Popular posts from this blog