"अनन्त तिम्रै हुन पाए"

हर पल साँझ-बिहान समस्त तिम्रै हुन पाए,

एकान्तमै मुस्कुराई जीवन्त तिम्रै हुन पाए !!

देखिँन ओझेल कहीँ उमेर देखि मृत्युसम्म,

सजाई अनेकौँ सपना अनन्त तिम्रै हुन पाए !!

✍️ भिम मोर 

साँझ-बिहानको हरेक पल र एकान्तको मुस्कुराउने क्षणहरूमा तिम्रै साथ र माया पाउन सकूँ !! 

उमेरको सुरुआतदेखि जीवनको अन्तिम सांससम्म अनेकौँ सुन्दर सपनाहरू सजाउँदै सधैँका लागि तिम्रै भएर जिउनु नै मेरो जीवनको सबैभन्दा ठूलो चाहना हो !!


Comments

Popular posts from this blog