"अदृश्य यात्रा"
कल्पनाहरू उडान लगाउँछन्,
सपनाहरू सुताइदिन्छन्,
विचारहरू भ्रमण गर्छन्, तीव्र अभिलाषा र
उत्कण्ठाहरू जन्म लिन्छन् .....!!
मन यस्तो लोक —जहाँ यो लोकको
सम्पूर्ण रूप जान्न सधैँ अपूर्ण नै रहिन्छ,
कहिलेकाहीँ उत्तीर्ण लक्ष्य र अनुपम पक्षमा चयनित सपनाहरू पनि,
आफैँलाई लाज्जित बनाएर अनुत्तीर्ण अक्ष बनाइदिन्छन् ......!!
✍️ भिम मोर
मानव मनको अनन्त र अदृश्य यात्रा जहाँ कल्पना, तीव्र अभिलाषा र सपनाहरूको निरन्तर जन्म भइरहन्छ !
बाह्य संसारलाई बुझ्न खोज्दा आफ्नै भित्री लोक सधैँ अपूर्ण र रहस्यमय रहने यथार्थ !!
कहिलेकाहीँ जीवनमा हासिल गरिएका सफलता र रोजिएका सपनाहरूले नै मानिसलाई आफ्नै अगाडि अनुत्तीर्ण र निरुत्तर बनाइदिने एउटा सूक्ष्म, दार्शनिक र बौद्धिक साहित्यिक आत्ममन्थन !!
Comments
Post a Comment