"अदृश्य परिदृश्यहरू"
उदासीपनहरू निराश मनमा
पनडुब्बी झैँ गहिराइमा.....
पुर्याइदिन्छन्....!
जीवनरूपी कालखण्डहरू
अखण्ड रूपमा जन्म लिई,
विखण्डन नामक अनुगमनको
विशाल प्रतिकूल आकृति बुन्दै...,
प्रकृतिका समीप गौरवपूर्ण अनुकूल
परिदृश्यहरू पनि किन-किन अदृश्य बनिदिन्छन् ...!!
– भिम मोर ✍️
मनमा उदासी र निराशा छाउँदा जीवनका सुन्दर र सकारात्मक पक्षहरू पनि ओझेल परेझैँ महसुस हुन्छन् !!
जीवन निरन्तर बगिरहे पनि परिस्थिति र प्रतिकूलताको अगाडि प्रकृतिका सुन्दर परिदृश्य र खुसीका पलहरू अदृश्य भइदिन्छन् !!
Comments
Post a Comment