"अन्योल र पीडा"
कस्तो अन्योल पीडा सहेर बस्न मन छैन,
दुःख बोकी हाँसेर खुसी छु भन्न मन छैन !!
भित्रभित्रै जलि अन्ततः खरानी भयो जीवन,
आफ्नै दुविधा आफैलाई देखाउन मन छैन !!
-भिम मोर
भित्री दुःख र पीडालाई बाहिर हाँसोको मकुन्डोले ढाकेर बाँच्नु अत्यन्तै कष्टकर हुन्छ...!
मनभित्रै उकुसमुकुस भई जीवन खरानी भएझैँ महसुस हुँदा आफ्नै दोधार र अन्योलतासँग सामना गर्न पनि गाह्रो भइरहेको अनुभूति हुन्छ !!
Comments
Post a Comment