"आफ्नै माटोको रहर"
आफ्नै देशको माटो टेक्ने रहर रही सक्यो,
पसिनासँगै उमेर अरुकै भूमिमा बही सक्यो !!
बुन्दै सपना तर पूरा होलान् भन्न त सकिन्न,
आफ्नै घरको आँगन त बिरानो भई सक्यो !!
– भिम मोर✍️
परदेशी भूमिमा लामो समय सङ्घर्ष गर्दा गर्दै आफ्नै देश र माटोप्रدिको तिर्सना गहिरो हुँदै जान्छ..,
वर्षौँको पसिना र ऊर्जा अर्काको देशमा बगाउँदा आफ्नै घरपरिवार र आँगनसमेत पराईजस्तो महसुस हुन थाल्छ !!
Comments
Post a Comment