"मनको उमङ्ग"
कागजलाई सिउँदैमा कहाँ रङ्ग बस्छ र,
आफ्नै भित्री पीडा पोखि को सङ्ग बस्छ र !!
हजारौँ खेल, लाखौँ जालझेल गरी छेके पनि,
बेग्लै मन टालटुल पारी कहाँ उमङ्ग बस्छ र !!
-भिम मोर
बाहिरी बनावटी प्रयत्न वा टालटुलले मनको भित्री पीडा र अशान्तिलाई लुकाउन सकिँदैन....,
जतिसुकै छल, कपट वा जालझेल गरेर बाटो छेक्न खोजे पनि टुटेको मनलाई जबरजस्ती जोडेर साँचो खुसी र उमङ्ग हासिल गर्न सकिँदैन !!
Comments
Post a Comment