"उदाश मन"
क्षितिजपारि अस्ताउँदो
घामझैँ ढल्किँदै छ मन,
नबोलेका हजारौँ व्यथाहरूमा
अल्झिँदै छ मन !!
बाहिर उज्यालो मुस्कानको
पर्दा टाँगे पनि,
भित्रभित्रै मौनतामा
पघ्लिँदै छ मन !!
अतृप्त रहरहरू आँसु बनी
परेलामा अडिन्छन्,
विगतका अनगिन्ती सम्झनाहरू
मनभरि उब्जिन्छन् !!
दिनहरू बित्छन्, कालखण्डहरू
बदलिन्छन्...!!
उदासीको सुशीली स्पर्श
बोकेर रातभरि,
बिहानीको नयाँ किरणको
पर्खाइमा तर्सिन्छ मन...!!
✍️ भिम मोर
बाहिर मुस्कानको पर्दा लगाए पनि भित्रभित्रै अनगिन्ती नभनिएका व्यथा र सम्झनाहरूमा मन पघ्लिरहेको हुन्छ !!
रातभरिको उदासीलाई पन्छाउँदै जीवनमा पुन: नयाँ बिहानी र उज्यालो किरण आउने आशामा मन पर्खिरहन्छ !!
Comments
Post a Comment