"दिल चोरेरै लग्यौ"

 नजरले हेर्दा मुस्कुराएर दिलै चोरेर लग्यौ,

मनभित्र गहिरो छाप नबोली छोडेर लग्यौ !!

सोचे थिएँ मनलाई झुक्न दिन्न कसै सामु,

तर तिमीले त आफ्नै मायामा मोडेर लग्यौ !! 

– भिम मोर✍️

​पहिलो नजरको मुस्कान र नबोली दिएको मायाको छापले कठोर मनलाई पनि सजिलै पगालिदिन्छ, 

कसै सामु नझुक्ने अठोट बोकेको मन पनि सच्चा प्रेमको अगाडि विस्तारै पग्लिएर उसैको समर्पणमा बाँधिन पुग्छ !!


Comments

Popular posts from this blog