अधुरो यात्रा र सपनाको किनार

दोभान धाउने खोला, मेरै चाहनाजस्तो छ,

कतै रोकिएको बाटो, मेरै भावनाजस्तो छ !!

किनारैमा बसेर बिताइ दिएँ सिङ्गो जीवन,

अधुरै छुटेको यात्रा, मेरै कल्पनाजस्तो छ !!

 

– भिम मोर ✍️

​प्रकृतिका अवयवहरूसँग जीवनका रहर र विवशताको गहिरो तुलना यस मुक्तकमा गरिएको छ, 

निरन्तर दोभानतिर बग्ने खोलाझैँ तीव्र चाहनाहरू भए पनि बिचैमा रोकिएका बाटाहरूजस्तै भावनाहरू कुण्ठित बन्न पुग्छन्, 

जीवनभर मूल प्रवाहमा मिसिन नसकी किनारमै समय बिताउनु पर्दा सजाएका सपना र यात्राहरू अधुरै रहन पुग्छन् !

Comments

Popular posts from this blog