"अतुलनीय सौन्दर्य र समर्पण"

कुन बयान गरुँ तिम्रो, खै कुनसँग दाँजूँ तिमीलाई?

समीप छैन, कसरी तारा जुनसँग दाँजूँ तिमीलाई !!

समर्पित आनीबानी, सौन्दर्य मुस्कान, सुन्दर नयन,

सिङ्‌गै फूलबारी हौ, कसरी फूलसँग दाँजूँ तिमीलाई !!

– भिम मोर ✍️

​प्रेममा प्रियजनको सुन्दरता र गुणको तुलना कुनै निश्चित उपमासँग गर्न सकिँदैन, 

नयनको आकर्षण, मुस्कानको मिठास र निश्चल समर्पणले गर्दा उनी कुनै एउटा सुन्दर फूल मात्र नभएर सिङ्गो समृद्ध फूलबारीझैँ लाग्छन् !! 

भौतिक दूरीले टाढा बनाए पनि मनको उच्च स्थानमा रहेका मानिसलाई तारा वा जुनसँग तुलना गरेर मात्र उनीहरूको मोल चुकाउन सकिँदैन !!


Comments

Popular posts from this blog