"आधा जिन्दगी र अधुरो यात्रा"
बित्दै जाँदा समय आधा जिन्दगी उसको नाम,
बितेको महसुस गर्दै आधा जिन्दगी मेरो नाम !!
कल्पनामै भेटिएछम यात्राको अन्तिम साँझ,
छुटी सपना सबै, एक्लै जिन्दगी दुईटैको नाम !!
– भिम मोर ✍️😂
जिन्दगीको गोरेटोमा समय बित्दै जाँदा दुई फरक बाटो र फरक विवशतामा समय सुम्पिनुको पीडा निकै गहिरो हुन्छ,
जीवनको अन्तिम साँझसम्म आइपुग्दा केवल कल्पनाका पानाहरूमा मात्रै भेट हुनु र सजाएका सुन्दर सपनाहरू बीचैमा टुट्नुले दुवैतर्फ उस्तै एकाकीपन छाड्न सक्छ ....!!
Comments
Post a Comment