"जीवन साखा"

अपरिवर्तनीय मन भए,

अवर्णनीय रहरहरू..!

जीवन-रुपी मौसमहरू,

रमणीय आयाम बनिदिन्छन् !!

​अनेक ऋतुहरूको सिङ्गो माला बुनि,

सम्पन्नता र विपन्नताको असर नरही—

आफ्नै उदाहरणीय उपनिवेश,

सुन्दर परिवेशहरू विशेष कायम रहन्छन् .... !!

✍️ भिम मोर 

यदि मन स्थिर र निश्चल रहन सक्यो भने जीवनका हरेक रहर र मौसमहरू आफैँमा रमणीय र सुन्दर बनिदिन्छन् !! 

जीवनमा सुख-दुख वा सम्पन्नता-विपन्नता जस्तोसुकै ऋतुहरू आए पनि.....,

तिनलाई सहजै स्वीकारेर जिउन सके आफ्नै एउटा विशेष र उदाहरणीय संसार निर्माण गर्न सकिन्छ !! 


Comments

Popular posts from this blog