"वसन्त र रुपको सौन्दर्य"
डाँडा, पाखा, पखेरा हरियो, वसन्तले रङ्ग फेर्दा,
चौतर्फी सुकुन छाउँछ, सिसिरको मुस्कान हेर्दा !!
फूलहरू त फुली, लजाई गृष्ममा सुकि जान्छन,
मलाई त खुसी आउने तिम्रो रूपको अघि पर्दा !!
– भिम मोर ✍️
प्रकृतिको वसन्त र डाँडा-पाखाको हरियालीले मनमा जतिसुकै शान्ति र सुकुन दिए पनि मौसम अनुसार फूलहरू ओइलाएर जान्छन्....,
तर प्रिय मानिसको मुहारको हँसिलो रूप र साथले भने जीवनमा सधैँभरि कहिल्यै नओइलाउने साँचो खुसी छाउँछ !!
Comments
Post a Comment