"जीवनको कथा र भित्री वेदना"
आँखाभरि आँसु छापी हाँस्नुपरेको छ,
भित्रभित्रै मन जलाएर बाँच्नुपरेको छ !!
कहिल्यै नबुझिने यो जिन्दगीको कथामा,
आफैँलाई सम्झाई-बुझाई साँच्नुपरेको छ !!
– भिम मोर ✍️
संसारलाई देखाउन ओठमा बनावटी हाँसो सजाए पनि भित्री मन अशान्ति र पीडाले जलिरहेको हुन्छ !!
जीवनका अनेकौँ उतारचढाव र नसुल्झिने रहस्यहरूका बिच हरेक परिस्थितिमा आफूलाई सम्हाल्दै र ढाडस दिँदै अगाडि बढ्नु नै मानिसको नियति हो !!
Comments
Post a Comment