"हाइकु संग्रह"
१
तारा अनेक
उदाएको चन्द्रमा
सुन्दर पल !!
२
बगेको नदी
फर्किदैन कहिले
सागर भेट्छ !!
३
रात्रीको छाया
सुसाउँछ बतास
उदास मन् !!
– भिम मोर ✍️
अनेकौँ ताराहरूको काखमा उदाएको चन्द्रमाले रातलाई अझ मनमोहक बनाएझैँ जीवनका केही क्षणहरू अत्यन्तै सुमधुर र सुन्दर हुन्छन्.....,
तर समय र बगेको नदी कसैका लागि पनि पर्खंदैनन्; यो आफ्नो गन्तव्य सागरतिर अविरल बगिरहन्छ,
जब रातिको छाया गहिरिन्छ र बतास सुसाउन थाल्छ, एक्लोपन र विगतका ती स्मृतिहरूले मनलाई एकाएक उदास बनाइदिन्छन् !!
Comments
Post a Comment