" मयाको चित्र"
मुटुको पानामा कोरी बसें मायाको सुन्दर चित्र,
सजिएका छन् हजारौँ सपना मन-मन्दिरभित्र !!
विचित्र साइनो नजिक नहुँदा पनि झनै यादमा,
फूल झैँ मुस्कुराइ रहने लाग्छ अति नै पवित्र !!
✍️ भिम मोर
भौतिक रूपमा टाढा भए पनि हृदयको मन्दिरमा प्रियजनको सुन्दर चित्र सजाएर बाँच्नुको एकान्त आनन्द !!
प्रेमको यही अदृश्य र निस्छल धागोले जीवनलाई फूलझैँ पवित्र र सुकोमल बनाउँदाको एउटा स्वर्गीय आभास !!
Comments
Post a Comment