"पत्थरको छाती र आँधी"
पत्थरको छाती चिरेर पनि फुल्नु पर्छ यहाँ,
सुख र दुःख दुवैमा समान झुल्नु पर्छ यहाँ !!
मौसमसँग हार मान्ने कमजोर फूल होइन कि,
जस्तै आँधी आए पनि हाँसेरै खुल्नु पर्छ यहाँ !!
– भिम मोर ✍️
जिन्दगीमा जस्तोसुकै कठिन चुनौती र सङ्घर्ष आए पनि हिम्मत नहारी अगाडि बढ्नु पर्छ...,
सुख र दुःख दुवै अवस्थालाई सहज रूपमा स्वीकार गर्दै, परिस्थिति जुनसुकै होस्,
अटल र अडिग रहेर मुस्कुराउँदै जिउनु नै जीवनको वास्तविक सार्थकता हो !!
Comments
Post a Comment