"देखावटी बन्धन"

हजारौँ सपना यहाँ आँखाभित्रै गाडिएका छन्,

देखाउने मुखौटा मात्रै बजारमा छाडिएका छन् !!

अगाडि त असल अनि आफ्नै बन्ने धेरै भेटिए,

पछाडि फर्किँदा पो तिखा छुरा ताडिएका छन् !!


​– भिम मोर ✍️

​अगाडि असल र आत्मीय बनेर बोल्ने तर पछाडि घात गर्ने मानिसहरूको दोहोरो चरित्रलाई यस मुक्तकले उजागार गरेको छ, 

आफ्ना भित्री सपना र भावना दबाएर बाहिरी संसारका लागि कृत्रिम मुखौटा लगाएर बाँच्नुपर्ने आजको स्वार्थी समाजको तीतो यथार्थलाई यहाँ मार्मिक रूपमा प्रस्तुत गरिएको छ !!


Comments

Popular posts from this blog