"साथ र भरोसा"
तिमी खुशी रहनु, म खुशीका पल साटौँला,
आउने हर आँधी-बेहरी मुस्कुराएरै टारौँला !!
थाहा छैन जिन्दगीको लामो कति छ यात्रा,
साथ पाएँ भने तिम्रो सजिलै बाटो काटोँला !!
– भिम मोर ✍️
सच्चा प्रेममा प्रियजनको खुसी नै सबैभन्दा ठूलो कुरा हुन्छ...., जीवनको अनिश्चित यात्रामा यदि मनपरेको मान्छेको साथ र भरोसा पाइयो भने जस्तोसुकै आँधी-बेहरी र अप्ठ्यारा परिस्थितिहरूलाई पनि मुस्कुराएर पार गर्न सकिन्छ !!
Comments
Post a Comment