"मधुवनको सौन्दर्य"
बास्ना छरी सुवासमा फुल फुल्दै रमाए झै,
बतास अनि पवन गगनमा चुम्दै रमाए झै !!
नयनकै समिप परिन,मोहित परेँ सौन्दर्यमा,
तन मन भयो मधुवनमा मृग झुल्दै रमाए झै !!
-भिम मोर ✍️
प्रकृतिमा फूल मुस्कुराएझैँ र हावा खुला आकाशमा बगेझैँ कसैको अलौकिक सौन्दर्यले मनमा बेग्लै तरङ्ग ल्याइदिएको छ....,
त्यो रूप हेर्दाहेर्दै मन्त्रमुग्ध भई तन-मन मधुवनमा उन्मुक्त रमाउने मृगझैँ आनन्दित र प्रफुल्लित भएको अनुभूति हुन्छ !!
Comments
Post a Comment