"चट्टानको फूल"
हिउँदको सिरेटोमा मुस्कुराउन सिकेको छु,
दुःखका हण्डरहरूमा रमाउन सिकेको छु !!
वर्षा, झरी, हुरीले ढाल्न खोजि रहे पनि,
म त उही चट्टान, पत्थरमै फुल्न सिकेको छु !!
– भिम मोर ✍️
जिन्दगीका कठिन भन्दा कठिन परिस्थिति र दुःखका हुरीहरूले मानिसलाई कमजोर बनाउन खोजे पनि आत्मबल र धैर्यता भयो भने हरेक बाधालाई जित्न सकिन्छ,
चट्टानजस्तै अडिग रहेर कठिनाइहरुकै बिच पनि मुस्कुराउँदै जिउनु नै वास्तविक जीवनको हिम्मत र सफलता हो !!
Comments
Post a Comment