"याद बनेकी तिमि"
आकाशको जूनजस्तै टाढा भयौ तिमी,
सपनाभित्र मात्र आउने छाया भयौ तिमी !!
भन्थे मान्छेहरू, माया अमर हुन्छ भनेर,
तर छाडेर जाने केवल याद भयौ तिमी !!
– भिम मोर ✍️
नजिक भएर पनि सधैँ टाढा रहनुको पीडा अति नै मर्मस्पर्शी हुन्छ,
जुन मान्छे वास्तविकतामा टाढिएर सपनाको छायामा मात्र सीमित हुन्छ,
उसैसँग जोडिएका यादहरू जीवनभर गहिरो चोट बनेर रहिरहन्छन्,
मान्छेहरूले मायालाई अमर भने तापनि कतिपय सम्बन्धहरू अन्त्यमा केवल सम्झना र अधुरोपनमा परिणत हुन पुग्छन् !!
Comments
Post a Comment