"ओठको हाँसो, मनको रोदन"

 आफ्नो मान्छे टाढा हुँदाको पीडा अर्कै हुन्छ,

मनभित्रै आँसु छल्किँदाको पीडा अर्कै हुन्छ !!

देखिन त ओठ भरी  हाँसो, सजिएकै हुन्छ,

तर भित्रभित्रै मन रुँदाको पीडा अर्कै हुन्छ !!

– भिम मोर ✍️

​आत्मीय मान्छे आफूभन्दा टाढा हुँदा मनमा सिर्जना हुने रित्तोपन र विछोडको भावलाई यस मुक्तकले पोखेको छ, 

बाहिरबाट मानिसले ओठभरि मुस्कान सजाएर सामान्य देखिने प्रयास गरे तापनि,

 भित्रभित्रै गुम्सिएर रुनुपर्ने बाध्यता र आँसु छल्किने पीडा सबैभन्दा गहिरो हुन्छ !!


Comments

Popular posts from this blog