"यादहरूको मात र एकान्त"
सताउँदै यादहरू एकान्तमा रमाई दिन्छन्,
वेदना पनि रहरका चितामा सजाई दिन्छन् !!
यादै हुन्न कत्ति आउने तिम्रा कुन्नि यादहरू,
नसा बिना मदहोशी मातमा बसाई दिन्छन् !!
– भिम मोर ✍️
अचानक छाउने पुराना स्मृतिहरूले एकान्तमा छुट्टै असर पार्छन्,
एकातिर वेदना र रहरहरू आफ्नै सीमाभित्र निसासिएझैँ लाग्छ भने अर्कातिर नसोचेकै समयमा आउने यादहरूले मानिसलाई कुनै नसाबिनै मदहोश बनाइदिन्छन् !!
भावुकता र अद्भूत मातको यो स्थितिले मनको गहिरो वेदनालाई उजागर गरि दिन्छ !!
Comments
Post a Comment