मृत्युको गीत,अन्तिम समर्पण
तिमीलाई जीवनमा सजाउन मन छ,
हर धुनमा तिमीलाई गुन्जाउन मन छ !!
तिम्रो आँचलमा झारेका केही आँसुहरू,
मायाले सबै थोपा मोती बनाउन मन छ !!
तिम्रा यादहरूको अन्धकारमा ढाकिएर,
उज्यालोमा अब घर जलाउन मन छ !!
जिन्दगीमा अन्तिम हिचकी आउँला जब,
म पनि खुशिले मृत्युको गीत गाउन मन छ !!
– भिम मोर ✍️
प्रेममा समर्पणको पराकाष्ठा र वेदनाको गहिरो अनुभूति यस गजलमा झल्किएको छ,
प्रियजनलाई जीवनको हरेक सङ्गीत र धुनमा गुञ्जाउने चाहनासँगै दुखका आँसुलाई पनि प्रेमको स्पर्शले अमूल्य मोती बनाउने भाव सुन्दर छ !!
यादहरूको अन्धकारमा हराउँदै आफ्नै संसार त्याग्न तयार हुनु र जीवनको अन्तिम क्षणमा समेत मुस्कानका साथ मरणलाई स्वीकार्न खोज्नुले चोखो मायाको चरम विरक्ति र समर्पणलाई व्यक्त गर्छ....!!
Comments
Post a Comment