नियतिको नियम र मनको गलाइ

​हाँसोले हाँसोमै हर्षको आँसु निकाल्दो रहेछ,

सास सकिँदा साउने भेलमा देह जल्दो रहेछ !!

खुसीमा आँसु समेटिने, तर आँसुमा खुसी मेटिने,

कस्तो नियम नियतिको, सम्झी मन गल्दो रहेछ !!

​– भिम मोर ✍️

​जीवन र मृत्यु अनि सुख र दु:खका अनौठा विरोधाभासहरूलाई यस मुक्तकले पोखेको छ, 

खुसीको सीमा नाघ्दा हर्षका आँसु छाउनु र जीवनको अन्त्यमा अशान्त प्रकृतिबीच शरीर विलीन हुनु जीवनकै नग्न सत्य हुन्, 

खुसीका पलहरूमा आँसु अटाउन सक्ने तर दु:खको आँसुले सम्पूर्ण खुसीहरू नै मेटाइदिने नियतिको कठोर नियमलाई बुझ्दा मन त्यसै गम्भीर र भावुक बन्न पुग्छ !!

Comments

Popular posts from this blog