" आत्मसम्मान र मर्म"

फर्किएर के गर्नु कसैको नजरमा पर्नु नै छ भने,

कठोर ती काँडाहरूको बीचमा मर्नु नै छ भने !!

मनमा सजाएर ओठमा मुस्कुराउने भए ठीक छ,

नत्र धुलोमै रहन देऊ ओइलिएर झर्नु नै छ भने !!

✍️ भिम मोर 

अनादर र उपेक्षा सहनुभन्दा आफ्नै अस्तित्व र आत्मसम्मानमा बाँच्न खोज्ने अडान !! 

साँचो प्रेम र सम्मान मिल्छ भने मात्रै समर्पण स्वीकार्य हुने, नत्र एक्लै ओइलाएर जानु नै उत्तम मान्ने एउटा स्वाभिमानी र भावुक यथार्थ !!


Comments

Popular posts from this blog