मन्दिर र तक्दिरको बिरानोपन

दिएको चिनो पनि तिम्रो तस्बिर बिरानो भयो,

सिरानी आँसुमा आफ्नै तक्दिर बिरानो भयो !!

के भूल भएछ खै कुन, फूल चढाउँदा या पाती, 

मागेको मैले तिमीलाई मन्दिर बिरानो भयो !! 


– भिम मोर ✍️

सम्बन्धमा बिछोड आएपछि पुराना चिनो र तस्बिरहरू पनि एकाएक बिराना बन्न पुग्छन्, 

रातभर सिरानी भिजाएर रोइरहँदा आफ्नै भाग्यप्रति पनि निराशा र अविश्वास जाग्न थाल्छ !!

चोखो मनले ईश्वरसँग प्रियजनलाई माग्दा कुन पूजा वा भक्तिमा त्रुटि भयो भन्ने द्वविधाले आस्था अडिएको मन्दिर समेत अनौठो र बिरानो प्रतीत हुन थाल्छ !!


Comments

Popular posts from this blog