बाटोमा छुटेको सुवास र अजर माया

हावाको झोंकाले फूल त खसेको होला,

तर सुवास बाटोमै याद बनी बसेको होला !!

छुट्दा त केवल हातहरू मात्र छुटेका हुन्,

माया त झन् गहिरो बनी मनमा कसेको होला !!

​– भिम मोर ✍️

​समय र परिस्थितिको हुरीले भौतिक उपस्थिति वा साथलाई छुटाए पनि प्रेमको सुवास कहिल्यै मेटिँदैन..., 

बाहिरी रूपमा हातहरू अलग्गिए तापनि साँचो माया मनको गहिराइमा झन् कसिलो गरी बसिरहन्छ !! 

भौतिक दूरीले सम्बन्धको अन्त्य गर्दैन, बरु पुराना मिठा यादहरूलाई बाटोभरि अझ जीवन्त र अजर बनाइराख्छ !!

Comments

Popular posts from this blog