अनौठो मात ,नबदलिने पल
सुसेली र बतासमा हल्लिएको पात सरी,
भयो मन, नसामा अलमल्लिएको मात सरी !!
न चैन न त बेचैन, परिस्थिति सबै अनुकूल,
सुन्दर पल, कहिल्यै नबदलिने बात सरी!!
– भिम मोर ✍️
प्रकृतिको मन्द हावा र सुसेलीसँगै मनमा छाउने एक प्रकारको तरङ्गलाई यस मुक्तकले कलात्मक रूपमा समेटेको छ,
नसाबिना नै मातिएझैँ भई मन सिरसिर बहने पातजस्तै हलुका र अलमलमा परेको महसुस हुन्छ....,
न पूर्ण शान्ति न त बेचैनी नै रहेको यो अनौठो परिस्थितिभित्र अटेको सुन्दर पल, जीवनभर कहिल्यै नमेटिने अनि नबदलिने एउटा प्रिय सम्झना बनेर अडिइरहन्छ ....!!
Comments
Post a Comment