मृत्युको गीत र अन्तिम समर्पण

 तिमीलार्ड जीवनमा सजाउन मन छ, 

हर धनमा तिमीलाइ गुञ्जाउन मन छ !!

तिम्रो आचलमा झारेका केही आँसुहरु,

 मायाले सबै थोपा मोती बनाउन मन छ !!

तिम्रा यादहरुको अन्धकारमा ढाकिएर, 

उज्यालोमा अब घर जलाउन मन छ !!

जिन्दगीमा अन्तिम हिचकी आउँला जब 

म पनि खुशिले मृत्युको गीत गाउन मन छ!!


​– भिम मोर ✍️

​प्रेममा समर्पणको पराकाष्ठा र आत्मीय भावलाई यस रचनाले सुन्दर रूपमा प्रस्तुत गरेको छ, 

प्रियजनलाई जीवनको हरेक सङ्गीत र धुनमा गुञ्जाउने चाहनासँगै दुखका आँसुलाई पनि मायाको स्पर्शले अनमोल मोती बनाउने भाव गहिरो छ, 

यादहरूकै साहरामा आफ्नै संसार त्याग्न तयार हुनु र जीवनको अन्तिम क्षणमा समेत मुस्कानका साथ मरणलाई स्वीकार्न खोज्नुले चोखो मायाको असीम निष्ठालाई व्यक्त गर्छ !!


Comments

Popular posts from this blog