जीवनको यात्रा र आफ्नै सुगन्ध

 यात्रा एक्लो छ जिन्दगी को फरक गन्तव्य छ, 

ठेगाना छैन आउने खुशी को फरक मन्तव्य छ !! 

फूलझै फुल्छ सुक्छ जान्छ माटोमा विलीन हुँदै, 

कुन फूलसंग दाँजु जीवन, सबको सफर सूगन्ध छ !!


– भिम मोर ✍️

​जिन्दगीको यो यात्रामा मानिस आफ्नै वेग र छुट्टै गन्तव्यका साथ अघि बढिरहेको हुन्छ। अनिश्चित खुसीहरू र फरक दृष्टिकोणहरूबिच जीवनको असली अर्थ प्रकृतिका फूलहरूसँग मेल खान्छ, 

जसरी हरेक फूल फुल्छ, ओइलाउँछ र अन्त्यमा माटोमै विलीन हुन्छ, त्यसरी नै जीवन पनि नासिन्छ—,

 तर हरेक मानिसको आफ्नै मौलिक अस्तित्व, यात्रा र सम्झनाको एउटा छुट्टै सुगन्ध रहिरहन्छ !!


Comments

Popular posts from this blog